काठमाडौं । नचाहँदा नचाहँदै पनि कतिपयलाई जिवनमरणको अवस्थामा पुर्याउने रोग भन्ने कुरा आफैमा डरलाग्दो र भयवावह हुन्छ । यही भयावह स्थितिबाट इलामका युवा खेलाडी समिर सुजि पनि थलिएका छन् ।
देउमाइ नगरपालिका–३ (साविक शान्तिडाडा–८) वाफ्रुङ्ग स्थायी निवासी समिर अकस्मात बिरामी भई उपचार गराउँदा उनलाई क्यान्सर जस्तो घातक रोग रहेको पुष्टी भएको छ । उनको उपचार मै सबथोक सकिन लागेपछि अहिले उनको परिवारलाई सहयोगको अपिल गरेका छन् ।
कमजोर आर्थिक अवस्था भएकै कारण समिरको उपचारमा थप कठिनाई भएपछि उनको परिवारलाई खुला मन, सहृदयी, सहयोगीहरुसँग सहयोगको अपिल गरेका हुन् । हामी गोलनेपाल परिवार पनि समस्त फुटबलप्रेमीहरु माझ यी युवा खेलाडीको जिवनरक्षाका लागि सबैसँग सहयोगको अपिल गर्दछौं ।
समिरको अझै फुटबल मै रमाउने सपना पूरा गर्न हामी सबै एकजुट भएर सहयोग गरौं । उनलाई सहयोग गर्न चाहनेहरुका लागि तल दिइएको विवरणमा गएर सहयोग गर्न सक्नुहुनेछ ।
Bank :- Siddhartha Development Bank Ltd.
Ac no. :-00715241553
Ac Holder name :- Dinesh Nepali
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”