
काठमाडौं । पछिल्लो एक दशकभन्दा बढी समयदेखि नेपाली फुटबलमा सक्रिय भई लागेको बिबा मिडिया ग्रुप अन्तर्गतको गोलनेपाल फाउण्डेशनले खोटाङकी चोटिल महिला फुटबल खेलाडी रबिका राईको उपचारमा १५ हजार सहयोग गरेको छ ।
सहयोगसँगै गोलनेपालले देशविदेशमा रहेका आफ्ना शुभेच्छुक, खेलप्रेमी तथा खेलाडीहरुलाई रबिकाको उपचारमा थप सहयोग गर्न अपिल समेत गरेको छ । बिबा मिडिया ग्रुपका सिइओ तथा वरिष्ठ खेलपत्रकार बिक्रम थापा भन्छन्, “वर्तमान समयमा नेपाली फुटबल खेलाडीहरुको अवस्था र भोगाई हामीले बुझेका छौं । नेपाली खेलाडीहरुको कठिन परिस्थतिमा उनीहरुलाई सकेको सहयोग र समर्थन गर्न गोलनेपाल फाउण्डशन सधै तत्पर रहनेछ ।”
स्मरण रहोस, फुटबल खेल्ने क्रममा चोटिल बनेकी रबिकाको घुँडामा गम्भिर चोट लागेको छ । साथै उनको घुँडाको शल्यक्रिया जतिसक्दो छिटो गर्नुपर्ने अस्पतालले जनाएको छ । हाल रबिकाको ट्रमा सैन्टर, काठमाडौंमा उपचार भईरहेको छ । परिवारको आर्थिक अवस्था भएकाले रबिकाको परिवारले सबै मनकारी सहयोगीहरुसँग सहयोगको अपिल गरेको छ । सोही अपिलमा गोलनेपाल फाउण्डेशनले पनि साथ र समर्थन गरेको हो ।
रबिकालाई सहयोग गर्न चाहनुहुनेहरुले निमन उल्लेखित नम्बरमा बुझन र सहयोग गर्नु सक्नुहुनेछः
RABIKA RAI
1700986239300017
Bank: Machapuchre Bank limited
Branch: Suryabinayak
9844618768
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड