सेकाहा सामुदायिक क्लब बन्यो प्रथम संखुवासभा गोल्डकपको च्याम्पियन
गोलनेपाल

खाँदबारी। घरेलु टोली सेकाहा सामुदायिक क्लब खाँदबारी, संखुवासभाले प्रथम संखुवासभा गोल्डकप २०८३ को उपाधि जितेको छ।

शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सुनसरीको न्यू स्टार क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेकाहा च्याम्पियन बनेको हो। उपाधिसँगै सेकाहाले नगद ५ लाख रुपैयाँसहित ट्रफी हात पारेको छ भने उपविजेता न्यू स्टार क्लबले ३ लाख रुपैयाँ प्राप्त गरेको छ।

घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको सेकाहाले उपाधि भिडन्तमा पनि आफ्नो लय कायम राख्दै न्यू स्टारलाई स्तब्ध बनायो। यससँगै पहिलो संस्करणको गोल्डकपको उपाधि घरेलु टोलीले आफ्नो नाममा लेखाउन सफल भएको छ।

प्रतियोगितामा सेकाहाका दोर्जे तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरे।

त्यस्तै, विधागत उत्कृष्टतर्फ सेकाहाका मिलन लिम्बु सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड घोषित भए। न्यू स्टारका सञ्जय श्रेष्ठ उत्कृष्ट डिफेन्डर र असिम राई उत्कृष्ट मिडफिल्डर घोषित भए।

Post Comments