प्रथम तालतलैया गोल्डकप शुरु, महुलीको उत्कृष्ट शुरुवात
गोलनेपाल

इटहरी । बिहीबारदेखि सुनसरीमा शुरु भएको प्रथम तालतलैया गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा महुली फुटबल क्लब, सप्तरीले उत्कृष्ट शुरुवात गरेको छ ।

महुलीले उद्घाटन खेलमा डाँडाबजार फुटबल क्लब, धनकुटालाई ५–० को अन्तरले हराउँदै प्रतियोगितामा शानदार शुरुवात गरेको हो । महुलीको जितमा अर्जुन रानाले ह्याट्रिक गरे भने सनिष लिम्बु र भुषण मगरले समान एक–एक गोल थपे ।

खेलमा ह्याट्रिक गरेका महुलीका अर्जुन राना प्लेयर अफ द म्याच बने । यो जितसँगै डाँडाबजार सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत असोज २ गते शुक्रबारको खेल डाँगीहाट फुटबल क्लब, मोरङ र पंचायन फुटबल क्लब, रामधुनी, सुनसरीबीच हुनेछ ।

तालतलैया फुटबल क्लब, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेता ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने असोज १० गतेका दिन हुनेछ ।

 

Post Comments