ANFA सलहेश सेमिफाइनलमा, चत्यासा फाइनलमा
गोलनेपाल

सिराहा । तेस्रो सहिद हेमनारायण गोल्डकप अन्तर्गत शुक्रबार दुई खेल सम्पन्न भए। पहिलो खेलमा आयोजक सलहेस युथ क्लबले गाइघाट फुटबल क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

खेलको निर्णायक गोल पहिलो हाफको २५औं मिनेटमा दिपेश चाम्लिङ राईले गरे। खेलको म्यान अफ दि म्याच बिजेताका कुलदिप कार्की घोषीत भए । बुधबार मैदानमा पानी जमेपछी आयोजक र गाईघाटको खेल शुक्रबारका लागि तय गरिएको थियो ।

शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा झापाको चत्यासा क्लब दमकले गोलबजार स्पोर्ट्स क्लब, सिरहालाई ३–० ले हराउँदै फाइनलमा प्रवेश गर्यो। चत्यासाका लागि अभिषेक गुरुङले पहिलो हाफको चौथो मिनेटमा गोल गरे भने राजेश दाहालले दोस्रो हाफको दोस्रो र २४औं मिनेटमा दुई गोल गर्दै टिमलाई सहज जित दिलाए। उनी म्यान अफ द म्याच घोषित भए।

Post Comments