ANFA फुटसल कमिटीको सहायक निर्देशकमा लुङ्बा नियुक्त
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहत रहेको फुटसल कमिटीको सहायक निर्देशकमा अमृत लुङ्बालाई नियुक्त गरेको छ ।

लुङ्बालाई एन्फाका महासचिव किरन राईले सातदोबाटो स्थित एन्फा मुख्यालयम एक कार्यक्रमका बीच नियुक्तिपत्र हस्तान्तरण गरे ।

स्मरण रहोस, फुटसल कमिटीको सहायक निर्देशकमा नियुक्त भएका लुङबा, बागमती प्रदेश खेलकुद बिकास परिषदको सदस्य र मकवानपुर जिल्ला फुटबल संघको कोषाध्यक्ष समेत हुन ।

Post Comments