काठमाडौं (एजेन्सी) । दुईपल्टको विजेता तथा बलियो प्रत्याशीका रुपमा हेरिएको एसियन पावर हाउस जापान जारी एएफसी महिला एसियन कप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह सी मा लगातार दोस्रो जित हात पार्ने क्रममा शनिबार जापानले दक्षिण एसियाली राष्ट्र भारतलाई ११–० को फराकिलो अन्तरले हरायो । स्मरण रहोस, जापानले आफ्नो पहिलो खेलमा चाइनिज ताइपेईलाई २–० को अन्तरले हराएको थियो । भारतले पहिलो खेलमा भियतनामसँग २–१ को हार बेहोरेको थियो ।
त्यसअघि समूह सी तर्फको अर्को खेलमा चाइनिज ताइपेईले भियतनाममाथि १–० को सनसनीपूर्ण जित हात पार्यो । यो जितपछि भियतनामसँगै चाइनिज ताइपेईको पनि नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम छ ।
दुई खेलहरुको समाप्ती पश्चात् ६ अंकका साथ जापान शिर्ष स्थानमा छ । समान ३–३ अंक जोडेका चाइनिज ताइपेई र भियतनाम क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन भारत पुछारमा छ । साथै भारतको चुनौति पनि समाप्त भएको छ ।
अब समूह चरणको अन्तिम खेलमा १० मार्चका दिन जापानले भियतनामको सामना गर्नेछ भने चाइनिज ताइपेईले भारतसँग खेल्नेछ । यी दुई खेलको नतिजाबाट सोझै नकआउट चरणमा प्रवेश गर्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपमा वार्ड नम्बर ६ लाई सफलता